मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कतार एयरलाइन्सबाट फर्किएका छ जनाको खोजी गर्दै चितवन प्रहरी

कतार एयरलाइन्सबाट फर्किएका छ जनाको खोजी गर्दै चितवन प्रहरी


चितवन । फ्रान्सबाट कतार हुँदै कतार एयरलाइन्सको विमानबाट चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया युवतीलाई कोरोनाको संक्रमण देखिएपछि उनीसँगै नेपाल आएकाहरुको खोजी कार्य भइरहेको छ । नेपाल प्रहरीले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एयरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ ।
 
कोरोनाको आशंकामा टेकु अस्पतालमा चेकजाँच गर्दा कोरोना भाइरसको संक्रमण देखा परेपछि फ्रान्सबाट फर्किएकी युवतीको आइसोलेसनमा उपचार भइरहेको छ । प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्कवारेन्टाइनजस्ता थप सतर्कता अपनाउन आफूले मातहतका निकायलाई पत्राचार गरेको जनाएको छ ।
 
चैत ४ गतेको कतार एयरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए । जसमा फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएकी थिइन् । 
 
सोही विमानबाट नेपाल फर्किएका अन्य यात्रुमा पनि कोरोना फैलिने सम्भावना भएकाले चितवन घर भएका छ जनालाई चितवन प्रहरीले खोजी गरेको विशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी बताए । 
 
प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार चितवन प्रहरीले निजहरुको खोजी गरी क्वारेन्टाइनमा राखेर निगरानीमा राख्न नामावलीसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । 
 
प्रहरीले उपरोक्त व्यक्तिहरुको नामावली कतार एयरवेजको टिकट विवरणबाट प्राप्त गरेको हो । प्रहरीले निजहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाई पठाउन जिल्ला प्रशासनसँग आग्रह गरेको छ ।
 
प्रहरीले निजहरुको खोजी गरी निगरानीमा राख्न आफ्नो मातहतका सबै प्रहरी कार्यालयमा पत्राचार गरेको छ ।