मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाको त्राससँगै चितवनमा डेँगुको उच्च जोखिम

कोरोनाको त्राससँगै चितवनमा डेँगुको उच्च जोखिम


चितवन । विश्वव्यापीरुपमा कोरानो भाइरसको त्रास र जोखिम बढेसंँगै चितवनमा पनि डेँगुको उच्च जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । 
 
अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेँगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका छन् । वर्षा चांँडै सुरु भएको र गर्मी बढ्दै गएका कारण डेँगु फैलने सम्भावना र जोखिम उत्तिकै रहेको चिकित्सकहरुको भनाइ छ । 
 
कोरानाको संक्रमणका लागि पूर्वसावधानी, तयारी र सचेतनामा बढी जोड दिइए पनि डेँगु संक्रमणको जोखिम न्यूनीकरणका लागि भने जिल्लामा खासै ध्यान गएको छैन । जसका कारण चितवनमा कोरानासँगै डेँगुको पनि उत्तिकै जोखिम बढेको हो । 
 
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख प्रकाश खतिवडाले चितवनमा कोरानाको संक्रमणसंँगै डेंगुको जोखिम पनि उत्तिकै बढ्दै गएको बताएका छन् । उनले भने, “कोरोनासंँगै डेंगुको पनि जोखिम त छँदैछ, यसपटक मनसुन छिटो सुरु भएकोले पूर्वसावधानी अपनाउनुपर्छ ।”
 
एडिस एजेप्टाइ प्रजातिको लामखुट्टेको टोकाइबाट डेँगु रोग लाग्छ । यो प्रायः २५ देखि ३० डिग्री तापक्रममा बढी सक्रिय हुने र पानी निरन्तर बढेमा जोखिम पनि उत्तिकै बढ्ने उनको भनाइ छ । कोरोना संक्रमणको जोखिम न्यूनीककरणका लागि सबै संयन्त्र तयार भए पनि आगामी दिनमा दोहोरो चुनौती हुनसक्ने उनले बताए । 
 
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल अस्पतालमा ज्वरोका बिरामीहरु आए पनि डेँगुका बिरामी भने हालसम्म नदेखिएको बताउंँछन् । कोरोना संक्रमणका लागि अस्पतालले उच्च सतर्कता अपनाए पनि डेँगुका बिरामीको लागि हालसम्म किटबाट परीक्षण नभएको उनले बताए । 
 
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारी देशभर कोराना संक्रमणको जोखिम नियन्त्रणका लागि सावधानी अपनाए पनि डेँगुको संक्रमण न्यूनीकरण गर्न ढिला गर्न नहुने बताउंँछन् ।