मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोना कहर : अन्तिम समयमा एसइई परीक्षा स्थगित

कोरोना कहर : अन्तिम समयमा एसइई परीक्षा स्थगित


काठमाडौँ । सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । 
 
नेकपाले सरकारलाई एसइईसँगै चैतमा हुने विश्‍वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो । बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपछि सरकारले अन्तिम समयमा आएर परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो । 
 
यस वर्ष यस वर्ष देशभरका एक हजार ९९५ परीक्षा केन्द्रबाट ४ लाख ८२ हजार ७०७ जना विद्यार्थीले परीक्षा दिने तयारीमा रहेका थिए । 
 
शिक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहको समन्वयमा ‘हेल्थ डेक्स’ स्थापना गरी एसइई परीक्षा सञ्चालन गर्ने जनाएको थियो ।
 
यद्यपि विद्यार्थीलाई भयरहित वातावरणमा परीक्षामा सहभागी गराउन र उनीहरुको स्वास्थ्य सुरक्षाबारे सतर्कता अपनाउने विषय नै मुख्य चुनौती बनेको थियो ।
 
कोरोना कहरले परीक्षार्थीहरु मनोवैज्ञानिकरुपमा भयमुक्त बन्न नसकेको र कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै सरकारले सभा, सम्मेलन नगर्न र बढी भीडभाड नगर्न जारी गरेको निर्देशनअनुरुप एसइई स्थगन गर्ने निर्णयमा पुगेको हो । 
 
बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।   
 
विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।