मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

पोर्चुगलमा कोभिड–१९ बाट नेपाली नागरिक संक्रमित

पोर्चुगलमा कोभिड–१९ बाट नेपाली नागरिक संक्रमित


पोर्चुगल । पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गरेका हुन् । 
 
नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो । यसै क्रममा सङ्क्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४  नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । 
 
फारोका प्रमुखका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना सङ्क्रमित नेपालीसहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो । 
 
कोरोना सङ्क्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि उनको नाम र उमेरबारे केही खुलाइएको छैन । नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई सङ्क्रमित भएको स्थानीय समाचार माध्यमले जनाएपछि सोबारे कूटनीतिक पहल गरिने बताए । 
 
उनले सम्पूर्ण नेपालीलाई सुरक्षित रहन अनुरोध पनि गरे । उनका अनुसार कोरोना सङ्क्रमित ती नेपाली कति मानिससँग काम गर्छन्, कहाँ र कोसँग बस्छन्, उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ । कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपाय पनि अवलम्बन गरिनेछ ।
 
फारोका प्रमुखले स्थानीयवासीलाई घरमै रहन, धेरै मानिस भएका ठाउँमा नजान, क्याफेमा नजान र भेला नहुन तथा र सरकार र सरकारी अधिकारीको निर्देशनलाई पालना गर्न आग्रह गरेका छन् । पोर्चुगलमा पछिल्लो समयमा २७६ जना कोभिड –१९ बाट सङ्क्रमित भएको बताइएको छ । 

शेयर गर्नुहोस:

0
Shares