मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोभिड­–१९ का बारेमा भ्रम सिर्जना नगर्न आग्रह

कोभिड­–१९ का बारेमा भ्रम सिर्जना नगर्न आग्रह


काठमाडौँ । विश्वभर फैलिरहेको कोभिड–१९ का बारेमा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना हुने गरी प्रचारप्रसार नगर्न आग्रह गरिएको छ ।
 
डिपिनेट नेपाल (विपदपूर्व तयारी सञ्जाल)ले आयोजना गरेको कोभिड–१९ छलफल कार्यक्रममा सहभागीले विभिन्न सामाजिक सञ्जालमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने गरी प्रचार नगर्न अनुरोध गरिएको छ । 
 
कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले कोभिड–१९ नेपाल भित्रन नदिन समस्या परिहाल्दा यसका बारेमा सरकारले चालेको कदम स्वागतयोग्य रहेको बताए ।
 
अध्यक्ष थापाले पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारले त्यसको नियमित अनुगमन गरी दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए । 
 
विभिन्न गैह्रसरकारी संस्थामार्फत नेपाल सरकारको आधिकारिक निकायबाट कोराना भाइरसको रोकथामका लागि भएका प्रयास बारेमा सबैमा जानकारी गराउने बताइएको छ । 
 
बजारमा देखिएको कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन तथा फरक मूल्यभन्दा बढीमा सामान बिक्री भएको सूचना पाएमा तत्काल सरकारी निकायमा जानकारी गराउनेजस्ता कार्य गर्ने विषयमा निर्णय गरिएको छ ।