मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साहित्यकार डिपी भण्डारीको निधन

साहित्यकार डिपी भण्डारीको निधन


काठमाडौँ । प्राध्यापक एवं साहित्यकार दुर्गाप्रसाद (डिपी) भण्डारीको निमोनियाका कारण शनिबार निधन भएको छ ।
 
उपचारमा रहेका निबन्धकार भण्डारीको धुम्रबाराहीस्थित ह्याम्स अस्पतालमा शनिबार बिहान ११ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
 
त्रिभुवन विश्वविद्यालयमा करिब ३८ वर्ष अङ्ग्रजी विषयमा प्राध्यापन गरेका ८५ वर्षीय भण्डारी नेपाली साहित्यका क्षेत्रमा प्रखर र प्रस्ट वक्ताका रुपमा स्थापित थिए । 
 
विश्व र नेपाली साहित्यका ज्ञाता एवं बौद्धिक व्यक्तित्वका धनी भण्डारी अङ्ग्रेजी, नेपाली र संस्कृत भाषामा दख्खल राख्थे । उनी निबन्धकार, पत्रपत्रिकामा स्तम्भकार र  मिलनसार साहित्यकारका रुपमा चिनिन्थे । 
 
उनका मृगस्थली, रोटी, फुललगायत चार निबन्धसङ्ग्रह प्रकाशित छन् । साहित्य र समसामयिक विषयमा एफएम रेडियोमा उनी प्रवचन दिने गरेका थिए ।
 
पुख्र्यौलीघर डोटी रहेका साहित्यकार भण्डारी प्रजातान्त्रिक विचारप्रति आस्थावान् थिए । उनका दुई छोरा छन् ।