नेपाल

बाह्र दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली डिस्चार्ज

बाह्र दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री ओली डिस्चार्ज


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।
 
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।  
 
प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते  मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो ।
 
पूर्णस्वास्थ्यलाभपछि प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गरिएको अस्पतालले जनाएको छ । 
 
प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य छ । यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा उनको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।