मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

युएईमा रहेका दुई नेपालीमा कोरोनाभाइरस

युएईमा रहेका दुई नेपालीमा कोरोनाभाइरस


युएई – युएईमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । युएईको स्वास्थ्य मन्त्रालयबाट जारी वक्तब्य अनुशार त्यहाँ रहेका दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
 
खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक रहेका छन्।
 
यसैबीच अष्ट्रेलियामा नेपालबाट गएका कोरोना संक्रमित विद्यार्थी नेपाली नै भएको पुष्टी भएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको थियो । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
 
अहिलेसम्म युएईमा ५९ जनामा कोरोना संक्रमण भेटिएको छ।