मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने पूर्वलडाकु पक्राउ

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने पूर्वलडाकु पक्राउ


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि एक युवाले जुत्ता प्रहार गरेका छन् । उनी जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलेको छ ।  
 
उनलाई प्रहरीले नियन्त्रणमा लिई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 
 
आइतबार भरतमोहन स्मृति प्रतिष्ठानद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाषण गरी मञ्चबाट फर्किने क्रममा दर्शकदीर्घामा रहेका पूर्वलडाकुले उनीमाथि ताकेरै जुत्ता प्रहार भए पनि यद्यपि प्रहार गरिएको जुत्ताले भने प्रचण्डलाई लागेन ।
 
जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका छन् । 
 
जुत्ता प्रहार गर्ने रतन तिरुवाले जनयुद्धमा बुबा गुमाएको खुलेको छ । उनी स्वर्गीय मुन तिरुवाका छोरा हुन् । 
 
उनका बुबा ०५६/५७ मा जनयुद्ध उत्कर्षमा रहेका बेला राज्यपक्षबाट मारिएका थिए । रतन माओवादी कार्यकर्ता रहेको खुलेको छ । उनी ललितपुरको डल्लु क्षेत्रमा बस्दै आएका थिए । उनी सुर्खेतमा अमिन विषय अध्ययनरत थिए । 
 
युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनी हाल नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको बताइएको छ । 
 
स्मरण रहोस्, यसअघि पनि प्रचण्डलाई तत्कालीन माओवादीद्वारा भृकुटीमण्डपका आयोजित चियापान समारोहमा माला लगाउने क्रममा एक युवाले थप्पड हानेका थिए । # तस्बिर : सामाजिक सञ्जाल

शेयर गर्नुहोस:

0
Shares