काठमाडौँ – चीनमा कोरोनाका कारण हालसम्म २७१५ मानिसहरुको मृत्यु भइसकेको छ र करिब एक लाख मानिसहरु संक्रमित भएका छन्। । कोरोनाले महामारी मच्चाएको चीनबाट एकसातामै ७०० चिनियाँ नेपाल भित्रिएका छन्। अहिले कैयौं देशले चीनमा रहेका आफ्ना नागरिकलाई उद्दार गरी आफ्नो देश फर्काएपनि क्वारेन्टाइनमा निश्चित अवधिसम्म राखेर मात्र परिवारसँग प्रत्यक्ष भेटघाट गर्न दिएका छन्।
नेपालमा भने चीनबाट आएका सबै मानिसहरुलाई गुपचुप सजिलै गन्तव्यमा पुग्न दिइएको छ। यस्तो लापरबाही भइरहँदा नेपाल कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिइरहेका छन् ,यस्तो संकटपूर्ण अवस्थामा रहेको संक्रमित मुलुकबाट आएका चिनियाँहरुलाई नेपाल सरकारले भने फूलमालाले स्वागत गरिरहेको छ।
विमानस्थलमा राखिएको स्क्रिनिङ मेसिनले शरीरको सामान्य तापक्रम मात्रै देखाउने गर्छ। नियामक स्वास्थ्य मन्त्रालयले भने हेल्थ डेस्क राखेको दाबी गर्दै कोरोना संक्रमण रोकथाममा हेल्चक्र्याइँ गरिरहेको छ।








प्रतिक्रिया