नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भारत यात्रा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमदाबादबाट सुरु गरेका छन् ।
भारतको अहमदावादस्थित भल्लवभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार ११:४० बजे अवतरण गरेका राष्ट्रपति ट्रम्प र अमेरिकी पहिलो महिला मेलानिया ट्रम्पले सोमबार बेलुका प्रेमको अन्तिम निशानी मानिएको ताज महल अवलोकन गरेका हुन् ।
ट्रम्प र अमेरिकी प्रथम महिला मेलानिया तीन घण्टा अहमदाबादमा रहे । यो तीन घण्टामा मोदी र ट्रम्पले सात पटक अङ्कमाल गरे र नौ पटक हात मिलाए ।
त्यस्तै नमस्ते ट्रम्प कार्यक्रममा मोदी र ट्रम्पले ६ पटक अङ्कमाल गरे भने पाँच पटक हात मिलाए । त्यसपछि ट्रम्प ताजमहल हेर्न सपरिवार आगरा पुगे ।
ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प र छोरी इभान्का ट्रम्प पनि भारत भ्रमणमा आएका हुन् ।
अहमदाबाद विमानस्थल उत्रिएपछि ट्रम्प भारतीयहरुलाई सम्बोधन गर्न विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम ‘सरदार पटेल’ मा पुगेका थिए । यो स्टेडियममा एक लाख १० हजार मानिस बस्न सक्ने क्षमता छ ।
आफ्नो गृहनगरमा ट्रम्पलाई पहिलो शहर बनाउन पाएको गर्व गरिरहेका भारतीय प्रधानमन्त्री मोदीले भारत–अमेरिका मित्रताको नारा लगाउँदै दर्शकदीर्घालाई ‘युगौंयुग सम्मको’ भन्न लगाएका थिए । उनले मञ्चबाट ट्रम्पको सम्बोधनअघि र समापन मन्तव्य दुबै दिएका थिए ।
यसबीचमा राष्ट्रपति ट्रम्पको परिवार भारत आएको भन्दै उनले भारत–अमेरिकाबीच पारिवारिक सम्बन्ध जस्तो मिठास र घनिष्टताको पहिचान दिएको पनि बताए । साझेदारीको मात्र नभएर यो दीर्घकालिन घनिष्ट सम्बन्ध रहेको भन्दै सम्बोधन गरे । ट्रम्पको सम्बोधन पछिको समापन सम्बोधनमा मोदीले राष्ट्रपति ट्रम्पले भारतको गौरब बढाउनुको साथै अमेरिकामा रहको भारतीयको पनि सम्मान गरको बताए । उनले दुइ देशबीचका सम्बन्ध विश्वासमा आधारित हुने बताए ।
ट्रम्पले पनि मोटेरा स्टेडियममा सम्बोधन गर्दै भने, ‘भारतसँग हामी अत्याधुनिक सुरक्षा प्रणालीका बारेमा सहकार्य गर्नेछौँ । हामी भारतलाई रक्षा उपकरण दिन्छौँ । भारतीय सेना अझै मजबुत हुनेछ । अमेरिका र भारत अतङ्कवादविरुद्ध मिलेर लड्नेछ । हामीले इस्लामिक स्टेटलाई समाप्त गर्याैँ । अब बगदादीलाई पनि समाप्त गर्याैँ ।’
मोटेरा स्टेडियममा ट्रम्पको उपस्थितिमा सहभागीहरुलाई सम्बोधन गर्दै मोदीले अमेरिकी राष्ट्रपति ट्रम्प, पत्नी मेलानिया र छोरी इभान्काको खुलेर प्रशंसा गरे ।
तस्बिर : सामाजिक संजाल
प्रतिक्रिया