मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बागमती प्रदेशसभामा सरकारको आलोचना, प्रधानमन्त्रीको राजीनामा माग

बागमती प्रदेशसभामा सरकारको आलोचना, प्रधानमन्त्रीको राजीनामा माग


हेटौँडा । बागमती प्रदेशसभाको आइतबारको विशेष समयमा सेक्युरिटी प्रेस काण्डको विषयमा चर्को बहस भएको छ ।
 
प्रतिपक्ष दलका सांसदहरुले सरकारको आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् भने सत्तापक्षले घुमाउरो शैलीमा बचाउ गरेका छन् । 
 
नेपाली कांग्रेसका सांसद् दिपेन्द्र श्रेष्ठले सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारकै अग्रसरतामा भ्रष्टाचार भएको दाबी गरे ।
 
उनले प्रधानमन्त्रीकै मिलेमतोमा भ्रष्टाचार भएको देखिएकोले राजीनामा दिनुपर्ने बताए । उनले ललिता निवास प्रकरणमा पनि अख्तियार पूर्वाग्रही ढंगले अगाडि बढेको बताउँदै सरकारले अख्तियारलाई संवैधानिक आयोगभन्दा पनि आफ्नो छायामा पारेको आरोप लगाए । 
 
कांग्रेस सांसद् नरोत्तम वैद्यले प्रधानमन्त्रीबाट नै सेक्युरिटी प्रेसकाण्डको छानबिन सुरु गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको सल्लाहविना यति ठूलो काण्ड हुनै नसक्ने ठोकुवा गरे ।
 
विवेकशील पार्टीका सांसद् रमेश पौड्यालले नैतिकताको आधारमा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मजाक भएको भन्दै अनैतिकताको राजीनामा कस्तो हुने भन्दै प्रश्न गरे । नैतिकता प्रश्नको सियो प्रधानमन्त्रीतर्फ तेर्सिएको उनको भनाइ थियो ।  
 
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घलेले सरकार काण्डैकाण्डमा अल्झिएको बताइन् । प्रमुख सचेतक घलेले निर्वतमान मन्त्री बाँस्कोटाको निष्पक्षरुपमा छानबिन गर्न माग गरिन । 
 

शेयर गर्नुहोस:

0
Shares