मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माडीमा अनशनरत पौडेलको जीवन रक्षा गर्न आग्रह

माडीमा अनशनरत पौडेलको जीवन रक्षा गर्न आग्रह


चितवन । नेपाली कांग्रेस चितवनले माडीवासीको माग सम्बोधन गर्दै आमरण अनशनरत माडी १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । 
 
शनिबार काग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा निकुञ्ज तथा वन संरक्षण ऐनमा संशोधनको माग गर्दै आमरण अनशनरत माडी १ का वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले स्थानीयको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिएको छ । 
 
‘विभिन्न माग राखी अनशनरत कांग्रेसका स्थानीय नेता एवं माडी १ का वडाध्यक्ष पौडेलको स्वास्थ्य कमजोर बन्दै गइरहेको हुँदा जनसमुदायको समस्याप्रति सरकारकै अग्रसरतामा समस्या समाधान गरी अनशनरत पौडेलको जीवन रक्षा गर्न सरकारसँग समक्ष जोडदार माग गर्दछौँ’, जारी विज्ञप्तिमा भनिएको छ । 
 
यस्तै, कांग्रेस चितवनले माडीवासीको मागप्रति सरकार गम्भीर नभए कडारुपमा प्रस्तुत हुने चेतावनीसमेत दिएको छ । माडीवासीको मागप्रति सरकार गम्भीर नभएको भन्दै कांग्रेसले शनिबार दिउँसो माडी १ वडा कार्यालयअगाडि हुलाकी सडकमा एक घन्टा चक्काजाम गरेको थियो । 
 
वडाअध्यक्ष पौडेलले निकुञ्ज ऐन २०२९ संशोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मानव र वन्यजन्तुको द्वन्द्व निवारणका लागि ठोसरुपमा वन र मानव बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, रिउ खोला करिडोरको निर्माण व्यवस्थित गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा रहेका छन् ।
 
अनशन बस्ने घोषणा गरेका मेयर ठाकुरप्रसाद ढकाल पछि हटेपछि पौडेलले माडीवासीको तर्फबाट अनशन सुरू गरेका हुन् । निकुञ्ज तथा वन संरक्षण ऐन संशोधन नभएसम्म माडीले विकासको गति लिन नसक्ने भन्दै उनले अनशन सुरू गरेका हुन् ।