मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनादेशअनुसार समृद्धि र सुशासन कायम गरौँ : मुख्यमन्त्री

जनादेशअनुसार समृद्धि र सुशासन कायम गरौँ : मुख्यमन्त्री


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न आन्दोलनमार्फत प्राप्त जनादेशअनुरूप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । 
 
७०औँं प्रजातन्त्र दिवसको अवसरमा उनले बागमती प्रदेश सरकारद्वारा हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, “संविधान जारी भएसँगै निर्वाचनमार्फत सङ्घीय, प्रदेश तथा स्थानीय तह गठन भइसकेका छन् ।
 
नयाँ व्यवस्था, नयाँ अनुभवको प्रदेश सरकार गठन सबैका लागि नौलो छ । आर्थिक, सामाजिक रूपान्तरणसहित आमजनताको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ गठन भएको वर्तमान सरकार विकास र समृद्धि ल्याउनेमा दृृढ रहेको विश्वास दिलाउन चाहन्छु ।”
 
सरकारको राम्रा कामको बारेमा जनतालाई सुसूचित गर्न आग्रह गर्दै उनले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रणमा सुदृढिकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिड्नुपर्ने अवस्था आएको बताए । 
 
कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्तिसुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वयनतर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गरे ।