मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कूटनीतिक पक्षलाई जोगाउँदै एमसिसी पास हुन्छ : प्रचण्ड

कूटनीतिक पक्षलाई जोगाउँदै एमसिसी पास हुन्छ : प्रचण्ड


सुर्खेत । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् ।  
 
नेकपाद्वारा सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिस्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको बताए । उनले भने, “दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ । यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।” 
 
नेपालको कम्युनिस्टहरुलाई कमजोर पार्न अर्बौंको लगानी भइरहेको खुलासा गर्दै प्रचण्डले भने, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिस्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।” 
 
पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसिसी पास हुने बताए । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनले जानकारी दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए । 
 
पूर्वप्रधानमन्त्री एवं नेकपाका  माधव नेपालले कम्युनिस्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताए । “नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ”, उनले भने, “अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यक छ ।” 
 
नेता नेपालले नेकपाको राष्ट्रियताको मुद्दाले जनतालाई आकर्षित गरेको जिकिर गर्दै  कार्यकर्ताको मूल्यांकन उसको आचरण र कामका आधारमा हुने प्रष्ट्याए ।