अमेरिका- राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार प्रस्तुत स्टेट अफ द युनियन मन्तव्यमा अमेरिका पूर्ण आफ्नो सामथ्र्यमा फर्किन सकेको दाबी गरेका छन् ।
अर्थतन्त्रले छलाङ मारेको, बेरोजगारी दर आधा शताव्दीयताकै सबैभन्दा न्यून रहेको, आफ्नो तीन वर्षे कार्यकालमा ७ करोडभन्दा बढी नयाँ रोजगारीका अवसर सृजना भएको राष्ट्रपतिले दाबप् गरेका छन् ।
उक्त मन्तव्यमा ट्रम्पमा आफ्नो अमेरिका पहिलो र गैरकानुनी इमिग्रेसनप्रति अनुदार नीति कायम रहेको स्पष्ट गरेका छन् । आउने राष्ट्रपति चुनावमा पनि यही प्रमुख मुद्दा बन्ने संकेत उक्त मन्तव्यले दिएको छ ।
स्वास्थ्य क्षेत्रमा पनि अमेरिकाले प्रगति गरेको दाबी गर्दै समाजवादको प्रभावबाट अब यसलाई ध्वस्त हुनबाट जोगाउनुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ थियो ।
अमेरिकी कांग्रेस र सिनेटको संयुक्त सभामा दिएको उक्त स्टेट अफ द युनियनमा उनले गैरकानुनी अप्रावासीप्रति भने अझै कडा हुने बताए ।
गैरकानुनी इमिग्रेन्ट (अप्रावासी) विभिन्न अपराधमा संलग्न भएको, अमेरिकी करदाताको पैसामा स्वास्थ्यलगायतका सुविधा उपयोग गरेको बताउँदै उनले यसलाई रोक्नुपर्ने बताएका छन् ।
अमेरिकाको राजनीतिमा पार्टीगत ध्रुवीकरण फराकिलो भइरहेको समयमा यो स्टेट अफ द युनियन मन्तव्य प्रस्तुत भएको हो । यसको असर हलमा पनि देखिएको थियो ।
कांग्रेसमा महाभियोग आरोप लागेका ट्रम्पले बहुमत पक्षका नेता नेन्सी पोलेसीसँग हात मिलाएनन् ।
बैठकको संयुक्त अध्यक्षता गरिरहेकी पोलेसीले ट्रम्पतिर हात बढाएकी थिइन् । तर, ट्रम्पले नदेखेको जसरी हात नमिलाइकनै अगाडि बढे । पोलेसीले पनि ट्रम्पको भाषणको प्रति च्यातेर साइड लगाइदिएकी थिइन् ।
ट्रम्पले झण्डै साढे एक घन्टा लामो भाषणमा आफ्नो कार्यकालको उपलब्धि निकै बढाइचढाइ गरेका थिए । तर, अमेरिकालाई अगाडि लैजाने सोचको भने अभाव थियो ।
राष्ट्रपति चुनावअघि ट्रम्पको यो अन्तिम नीतिगत भाषण हो । तस्बिरः सामाजिक सञ्जाल








प्रतिक्रिया