मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

क्रिकेट रंगशालालाई एकैदिन जुट्यो एक करोड

क्रिकेट रंगशालालाई एकैदिन जुट्यो एक करोड


चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा बुधबार करिब एक करोड रुपैयाँ संकलन भएको छ ।
 
धनधान्याचल महोत्सवको चौंथो दिन करिब एक करोड रुपैयाँ संकलन भएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए । धनधान्याचल भरतपुर महानगर प्रमुख मेयर रेणु दाहाल, नेपाली कांग्रेस चितवनका उपाध्यक्ष शंकरप्रसाद कँडेल, प्रदेश सांसद् विजय सुवेदीलगायतले आर्थिक सहयोग गरेको चुकेले जानकारी दिए । 
 
जारी धनधान्याचलमा भरतपुरकी मेयर रेनु दाहालले ५ लाख रुपैयाँ घोषणा गरेकी छिन् । रंगशाला निर्माण सबैको दायित्व भएको भन्दै दाहालले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग घोषणा गरेकी हुन् । 
 
यस्तै, नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कँडेलले पनि व्यक्तिगत तर्फबाट ३ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग घोषणा गरेका छन् । उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताएका छन् । 
 
उता मूल आयोजक समितिका संयोजक प्रदेश सांसद् विजय सुवेदीले व्यक्तिगत एक लाख ५१ हजार १११ रुपैयाँ सहयोग घोषणा गरेका छन् । 
 
जस्मिन पेन्ट्सका प्रबन्धक लक्ष्मण सुवेदीले धनधान्याचलमार्फत १५ लाख सहयोग घोषणा गरेका छन् । खरेल इलेक्ट्रोनिक्स सहिदचोकका प्रवन्धक तेजनारायण खरेल र श्रीमती खगिसरा खरेलले २ लाख ११ हजार १११ रुपैँया सहयोग गरेका छन् । 
 
यस्तै आज विभिन्न सहकारी संस्था, आमा समूह, टोल सुधार समूह तथा व्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन् । यस्तै आज ३ जनाले तुलादान गरेको र ४ जनाले नाम दर्ता गराएको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।  
 
धनधान्याचलमा आज चर्चित हास्य कलाकार राजा राजेन्द्र पोख्रेलले आफ्नो प्रस्तुति दिएका छन् । धनधान्याचलमा बिहीबार चर्चित हास्य कलाकार मनोज गजुरेल, केदार घिमिरे (माग्ने बुढो)लगायत कलाकारहरु आउने आयोजकले जनाएको छ ।   

शेयर गर्नुहोस:

0
Shares