मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

उपसचिव रिजालविरुद्ध अदालतमा आरोपपत्र दायर

उपसचिव रिजालविरुद्ध अदालतमा आरोपपत्र दायर


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ । 
 
प्रजिअ रिजालले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न निजसँग घुसरिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । 
 
अनुसन्धानको सिलसिलामा प्रजिअ रिजालले आफ्नो ओहदाले गर्नुपर्ने कार्य नगरी विभिन्न डरत्रास देखाई गालीगलौज गरी धरौटी भनी झुक्याइ सेवाग्राहीबाट रु चार लाख घुस रिसवत लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 
 
“सेवाग्राहीले बुझाएको रु दुई लाख निजले जम्मा गरेको माछापुच्छ्रे बैंक लिको खातामा रहेकोमध्ये रु दुई लाख असुलउपर गरी जफत हुन र बाँकी रु दुई लाख  निजबाट सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम असुलउपर गरी जफत हुनसमेत मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ”, विज्ञप्तिमा भनिएको छ । 
 

शेयर गर्नुहोस:

0
Shares