नेपाल

बलात्कार आरोपित एसएसपी राणालाई पाँच दिनको म्याद

बलात्कार आरोपित एसएसपी राणालाई पाँच दिनको म्याद


इनरुवा । बलात्कारको आरोप लागेका सङ्घीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई आज पाँच दिनको म्याद थप गरेको छ । 
 
सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई जिल्ला अदालत सुनसरीले पाँच दिनको म्याद थप गरेको हो । 
 
अनुसन्धानका लागि राणालाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले पाँच दिन म्याद थप गरेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । 
 
म्याद थप गर्नुपूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आआफ्नो तर्क राखेका थिए ।