काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताएका छन् ।
राष्ट्रिय सभागृहमा जारी नेकपाको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसाग कुराकानी गर्दै उनले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरामात्र आउँदैन कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको बताए ।
“सरकारको आलोचना केही साथीले गर्नुभएको छ । कम्युनिष्ट पार्टीमा आलोचना हुनु स्वाभाभिक हो । कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्ने पर्ने कारणले आलोचना भएको हो”, मन्त्री बाँस्कोटाले भने, “हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो ।”








प्रतिक्रिया