मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

भिमोदय नमुना माविमा ४२ जना स्काउट दीक्षित

भिमोदय नमुना माविमा ४२ जना स्काउट दीक्षित


चितवन- पूर्वी चितवनको भिमोदय नमुना माध्यमिक विद्यालय कालिका नगरपालिका ५ पदमपुरमा प्रथम स्काउट दीक्षान्त समारोह अमृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
जिल्ला शिक्षा इकाइका प्रमुख भूमिलाल सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दीक्षित स्काउटहरुलाई शुभकामना व्यक्त गर्दै विद्यालयले छोटो समयमा नै राम्रो प्रगति गरेकोमा बधाई दिए ।
जिल्ला आयुक्त एवम् नेपाल स्काउट गाइड फेलोसिपका केन्द्रीय उपाध्यक्ष तीर्थराज न्यौपानेले युद्धबाट जन्मिएको स्काउटले विश्वभरि शान्ति सेवा र सद्भाव छर्न सदैव तत्पर रहेको विश्वास व्यक्त गरे । उनले विश्वव्यापी संस्थालाई वेडेन पावेलले सन् १९०७ मा सैनिक जीवनपश्चात् युद्धभूमिबाट प्रेरित भई स्काउटको जन्म भएको चर्चा गरे । पावेलले लडाइँबाट सिकेका कुरा युद्धमा प्रयोग गर्ने गरिएका संकेत, ध्वनि र सीपलाई शान्ति र सेवाको क्षेत्रमा पनि प्रयोग हुने गरी उपयोगमा ल्याएका थिए । स्काउट एउटा युद्ध नायकले सिर्जना गरेको शान्तिको सन्देश बोक्ने संस्था भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल शिक्षक संघ चितवनका सभापति एवम् विद्यालयका प्रधानाध्यापक डा हरिप्रसाद कँडेलले स्काउटको महत्वमाथि प्रकाश पार्दै विद्यालयको प्रगतिबारे चर्चा गरे ।

कालिका नगरपालिका वडा नं १ का वडाध्यक्ष एवम् स्काउट फेलोसिपका परिषद् सदस्य लीलाबहादुर गुरूङ, स्थानीय आयुक्त चित्रबहादुर रायमाझी, विष्णु अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

कार्यक्रममा स्काउटर बुद्धिबहादुर गुरूङले ४२ जना स्काउटलाई दीक्षा दिएका थिए । कार्यक्रममा स्काउटर दिनेश पाण्डे र इन्दु सुवेदीले समन्वय गरेका थिए ।

शेयर गर्नुहोस:

0
Shares