मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न, नतिजा आउने क्रम जारी

सातै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न, नतिजा आउने क्रम जारी


काठमाडौँ । राष्ट्रियसभा सदस्यको बिहीबकार भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । 
 
निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । 
 
मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत आमनागरिकप्रति आभार प्रकट गरेको छ । 
 
निर्वाचनका लागि मुलुकका सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो । 
 
सुदूरपश्चिममा शारदा भट्ट विजयी
 
राष्ट्रियसभाको महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपाका शारदा भट्ट विजयी भएका छन् । 
 
उनले तीन हजार ७३८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी देवकोटाले एक हजार ८५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । 
 
यस्तै, कर्णाली प्रदेशबाट नेकपाका मायाप्रसाद आचार्य र सुमित्रा बिसी विजयी भएका छन् । आचार्यले तीन हजार ६१८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले बताए । 
 
त्यसैगरी बिसीले तीन हजार ६८४ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेतले एक हजार २६ मत प्राप्त गरे । 
 
यो प्रदेशमा रिक्त दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १९८ मतदातामध्ये १९५ अर्थात् ९८.४८ प्रतिशतले मतदान गरेका थिए । तीमध्ये एकजना प्रदेशसभा सदस्यको मत बदर भएको निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
 
यसैगरी, राष्ट्रियसभाको खुल्लातर्फको सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार मृगेन्द्रकुमार सिंह निर्वाचित भएका छन् । 
 
निर्वाचन कार्यालयका अनुसार पाँच हजार ४०० मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी अनिरूद्धकुमार सिंहले चार हजार ५१२ मत प्राप्त गरेका छन् । सिंह संघीय समाजवादी पार्टी र नेपाली काँग्रेसका संयुक्त उम्मेदवार हुन् । 
 
यसैगरी, राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् । 
 
निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरेकी छन् । यादव नेपाली काँग्रेस र संघीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुन् । 
 
यस्तै, राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित भएका छन् । 
 
नेकपा प्रवक्ता रहेका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गरेका थिए ।  
 
यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विमला गौचनले दुई हजार ३४० मत प्राप्त गरिन् । अन्य समूहतर्फ राष्ट्रिय जनमोर्चाका शङ्कर बरालले १९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । कूल मतदाता २३० मध्ये २२८ जनाले मतदान गरेका थिए । 
 
राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेकपाकी विमला घिमिरे निर्वाचित भएकी छन् । उनी पाँच हजार ७२८ मत ल्याएर विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गिरिजादेवी न्यौपानेले दुई हजार १०० मत ल्याइन् । महिलाका पाँच मत बदर भएका छन् । अपाङ्गता र खुलाको मतगणना भने घोराही जिल्ला समन्वय समितिको कार्यालयमा जारी छ ।
 

शेयर गर्नुहोस:

0
Shares