मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुई साता अटेरी गर्दै अन्ततः काठमाडौँ रमाना भए एसपी मल्ल

दुई साता अटेरी गर्दै अन्ततः काठमाडौँ रमाना भए एसपी मल्ल


चितवन । सरुवा हुँदा पनि शक्तिको आडमा चितवनमै अटेरी गर्दै बसेका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले अन्ततः दुई सातापछि रमाना पत्र बुझेका छ्न् । उनले शुक्रबार दिउँसो डीएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् ।
 
एसपी मल्लले जिल्लाका डीएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ । एसपी मल्ल शुक्रबारै चितवनबाट काठमाडौँ गएका छन् । सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि मल्लको चौतर्फी चर्को आलोचना भएको थियो ।
 
उनले सरुवा भएको १३ दिनसम्म पनि जिल्ला नछाडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले १२ घन्टाभित्र रमाना लिन निर्देशन दिएको थियो । मल्लले सो निर्देशनको पनि अवज्ञा गरेका थिए ।
 
मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले महिला एसपी गंगा पन्तलाई सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते मल्लको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो । 
 
एसपी मल्ल नेकपा अध्यक्ष प्रचण्डका पूर्व निजी सुरक्षा गार्ड रहेका कारण प्रचण्ड परिवारसँग निकट मानिन्छन् । सोही सम्बन्धका कारण उनले सरुवा हुन अटेरी गरेको बुझाइ आमसर्वसाधारणमा रहेको थियो । 
 
प्रहरी चेन अफ कमाण्डमा चल्ने संस्था भएकाले मल्लको अटेरी र बलमिच्याइँ निरर्थक सावित भएको छ । 

शेयर गर्नुहोस:

0
Shares