मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कर्णाली नदीमा जिप खस्दा घटनास्थलमै चारको मृत्यु

कर्णाली नदीमा जिप खस्दा घटनास्थलमै चारको मृत्यु


मार्तडी । पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा निर्माण भएको कर्णाली करिडोरमा बिहीबार दिउँसो करिब १ः३० बजेतिर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना बेपता भएका छन् ।  
 
धुलाचौरबाट कोल्टी आउँदै गरेको से१ज १०६४ नंको स्वामीकात्तिक यातायातको जिप बाँधुको कालापहाड भन्ने ठाउँमा कर्णाली नदीमा खसेर दुर्घटना हुँदा चार जनाको घटास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले जानकारी दिए । 
 
उनका अनुसार मृत्यु हुनेमा हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी, जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय जिपचालक रमेश शाही, कैलाली मोहन्याल गाउँपालिका–५ का ३३ वर्षीय दिनेश घर्तीमगर रहेका छन् । एक जना मृतकको सनाखत हुनसकेको छैन । 
 
दुर्घटनामा परी स्वामीकामर्तिक गाउँपालिका–४ का सुशीला विक भने बेपत्ता भएको प्रहरीले जनाएको छ । 
 
दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मुगु जिल्ला कर्मरोक गाउँपालिका–८ का २० वर्षीय गाम्चो लामा र सोही ठाउँका टेर्चे लामा तथा स्वामीकार्तिक खापर गाउँपालिका–४ का २२ वर्षीया सरु विक र उहाँकी दुई वर्षीया छोरी रहेको प्रहरी प्रमुख घाटले राससलाई जानकारी दिए । 
 
उनले दुर्घटनामा परी घाइते भएका र मृतकहरुको इलाका प्रहरी कार्यालय कोल्टी, प्रहरी चौकी पिलुचौर र सर्वसाधारणको सहयोगमा उद्धार कार्य भएको बताए । 
 
घाइते भएका चारमध्ये तीनको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकलमा लैजाने तयारी भएको जनाइएको छ । 
 
कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा घाइतेको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत नेपालगञ्जको कोहलपुरमा लैजाने भए पनि मौसम खराबीका कारण समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । 
 
उनले प्रशासनको पहलमा गृह मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर कर्णाली प्रदेशको सुर्खेतबाट घाइतेलाई उद्धारका लागि आउन लागेको जानकारी दिए । 

शेयर गर्नुहोस:

0
Shares