मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पार्टी विधि र विधानअनुसार चल्न सकेन : नेता सिंह

पार्टी विधि र विधानअनुसार चल्न सकेन : नेता सिंह


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् ।  
 
बीपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए ।  
 
नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि, विधान, पद्दति र अनुशासनमा हिँडाउनका लागि आफूहरु लागिपरेको बताए । 
 
“पार्टीले बिपी कोइरालाले देखाएको बाटो बिराउँदै गइरहेको छ, पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ,”–उनले भने ।
 
पार्टीका नेता एवं पूर्वमन्त्री डा रामशरण महतले पार्टी अहिले दुर्भाग्यपूर्ण मोडमा आएको बताए । 
 
“बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायका नेताको दर्शन, एकता र मेलमिलापको बाटोमा हिँड्न सबै एकजुट हुनुपर्छ,”–उनले भने । 
 
वरिष्ठ पत्रकार होमनाथ दाहालले मुलुक जोगाउनका लागि काँग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए ।
 
ट्रस्टका महासचिव एवं पूर्वसांसद रामचन्द्र पोखरेलले बिपी कोइरालाले देखाएको बाटोमा पार्टी हिँडेमात्र पार्टी बलियो हुने बताए ।

शेयर गर्नुहोस:

0
Shares