मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभामुख पद अन्य दललाई छाड्न सकिँदैन : सञ्चारमन्त्री

सभामुख पद अन्य दललाई छाड्न सकिँदैन : सञ्चारमन्त्री


कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । 
 
कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार बिहान  प्रेस संगठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद छाड्न नसकिने संकेत गरेका छन् । 
 
“सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भने, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।” उनले सभामुखको विषय चाँडै टुंगो लाग्ने जानकारी दिए । 
 
सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो¥याउँदै लगिरहेको बताउँदै उनले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गरे । 
 
“समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।”
 
उनले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिए ।
 
त्यसैगरी स्थानीय, प्रदेश र संघीय गरी तीनवटै सरकार कानुन निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मूलभूतरूपमा संसदमा दर्ता र विभिन्न समितिमा गरी ४५÷४६ पेश भएका कानुनलाई अन्तिम रूप दिइने बताए । 
 
त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले आश्वासन दिए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने दाबीसमेत गरे । 

शेयर गर्नुहोस:

0
Shares