मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकामा यस वर्षकै सबैभन्दा चिसो, तराईका जिल्लामा जनजीवन प्रभावित

काठमाडौँ उपत्यकामा यस वर्षकै सबैभन्दा चिसो, तराईका जिल्लामा जनजीवन प्रभावित


काठमाडौँ । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर अत्यधिक जाडो बढेको छ । आज उपत्यकामा यस वर्षकै न्यून तापक्रम मापन गरिएको छ ।  
 
बुधबार उपत्यकाको  न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस रहेकोमा बिहीबार उपत्यकामा यो वर्षकै कम अर्थात् ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
 
तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीले दिएको जानकारीअनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुल्ला भए तापक्रम घट्ने हुन्छ । चिसो अझै बढ्ने क्रममा रहेको मौसमविद् नगरकोटीले बताइन् । 
 
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरलगायतको जिल्लामा हुस्सु-कुहिरोले जनजीवन प्रभावित भएको छ । चिसोबाट विषेशगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेकाले चिकित्सकले विभिन्न सावधानी अपनाउन आग्रह गरेका छन् । 
 
त्यस्तै महाशाखाले बिहीबार आगामी २४ घन्टाको चेतावनी तथा परामर्श जारी गदैँ तराईका भू–भागमा हिजो भन्दा आज मौसममा क्रमिक सुधार हुँदै गए पनि दिउँसो राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई अत्यधिक जाडो बढ्ने भएको हुँदा त्यसबाट बच्न आग्रह गरेको छ । 
 
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा बढी नेपालगञ्जको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । 

शेयर गर्नुहोस:

0
Shares