काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि र तीन मुलुकका आवासीय नेपाली राजदूतलाई विभिन्न मुलुकको गैरआवासीय राजदूतमा बुधबार नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा, २८२ को १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको हो ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई बु्रनाईदारुसलाम, थाइल्याण्डका राजदूत गणेशप्रसाद ढकाललाई कम्बोेडिया, लाओस र भियतनाम, न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राईलाई इक्वेडर र क्यानाडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानालाई क्युबाको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया