मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश

निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश


 
काठमाडौँ । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण काम यथास्थितिमा राख्न आदेश जारी गरेको छ । 
 
न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले आज बारामा निमार्णाधीन विमानस्थलमा निर्माण प्रक्रिया यथास्थितिमा राख्न आदेश जारी गरेको हो । 
 
निजगढ वन संरक्षण समितिका तर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायतले संयुक्तरुपमा बिहीबार दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा अन्तरिम आदेशका लागि सबै पक्षलाई बोलाएर छलफल गर्न भनिएको छ ।
 
सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । यसअघि पनि सर्वोच्च अदालतमा विमानस्थल निर्माण गर्दा रुख काटिनेविरुद्ध रिट दायर गरिएको थियो । 
 
यसअघि गत कात्तिक २५ गते न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए)सहितको कागजात अदालतमा पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
 
सरकारले ८० वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको ईआईए २०७४ चैतमा वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरेको थियो । विमानस्थल निमार्णस्थलका रुख कटानी तथा पहुँच मार्ग निर्माणका लागि प्राधिकरणले नेपाली सेनासँग सम्झौता गरेको दुई वर्ष भइसकेको छ । 
 

शेयर गर्नुहोस:

0
Shares