मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विभेद र द्वन्द्व अन्त्यबाट मानवअधिकार सुनिश्चित

विभेद र द्वन्द्व अन्त्यबाट मानवअधिकार सुनिश्चित


काठमाडौँ । मानव अधिकारकर्मीले समाजमा हुने सबै खाले विभेद र द्वन्द्व अन्य नभएसम्म मानवाधिकार सुनिश्चित नहुने बताएका छन् । 
 
७७औँ विश्व मानवाधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले यहाँ आज आयोजना गरेको ‘नेपालीको मानव अधिकार, राष्ट्रिय एकता र समृद्धिको अधिकार’ विषयको अन्तरक्रियामा राष्ट्रमा उनीहरुले महँगी, भ्रष्टाचार, आर्थिक अपराध, घरेलु हिंसा, बलात्कारलगायत घटना भइरहेकाले नियन्त्रण हुन आवश्यक रहेको बताए ।
 
नेकपाका नेता जनार्दन शर्माले सविधान मानवाधिकारका पक्षमा रहे पनि कार्यान्वयन गर्ने सङ्संस्था र संरचना पुरानो ढङ्गबाट सञ्चालन भएको गुनासो गरे । 
 
राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रका संस्थापक अध्यक्ष मुक्ति प्रधानले नेपाली जनताले अपेक्षा गरेअनुसार सविधान कार्यान्वयन नभएको बताए ।  
 
सांसद देवेन्द्र पौडेलले सङ्क्रमणकालीन न्यायसम्बन्धी समस्या समाधान गरेर जनताले अनुभूति हुने गरी काम अघि बढिरहेको जिकिर गरे । 
 
राष्ट्रिय मावन अधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानवाधिकार लागू हुनका लागि पुरातनवादी सोेचको अन्त्य हुनुपर्ने बताए । 
 
अधिवक्ता शान्तिदेवी खनालले कुन तहको नागरिकले कस्तो अधिकार पाउने भन्ने कुरा सम्पूर्ण नागरिकलाई थाहा हुन आवश्यक रहेको बताए ।  
 
मानव अधिकार सरोकार केन्द्रका अध्यक्ष विश्वप्रकाश भण्डारीले न्यायापालिकाप्रति जनआस्था बढाउन सबैले सहयोग गर्नुपर्ने धारणा औँल्याए । 

शेयर गर्नुहोस:

0
Shares