चितवन । चितवन घर भई बेलायतलाई आफ्नो कमृभूमि बनाउँदै आएका प्रकाश अर्यालले आफ्ना पिता महेश अर्यालमार्फत् रत्ननगर ११ मंगलपुरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई २० लाख रुपैयाँ सहयोग गरेका छन् ।
छोरा प्रकाशले बेलायतबाट पठाएको सन्देश वाचन गर्दै महेश अर्यालले अध्ययनका लागि आश्रममा आश्रित बालबालिकाको उज्जवल भविष्यको कामना गर्दै सहयोग रकमको सही सदुपयोग हुनुपर्ने बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, ११ नम्बरका वडाध्यक्ष शशिभक्त न्यौपानेलगायतको उपस्थितिमा केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई २० लाख एक रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
सो क्रममा नगरपालिकालाई बालमैत्री घोषणा गर्दै अतिविपन्न वर्गका छात्रछात्राहरुलाई खाजा खर्चवापत दैनिक १५ रुपैयाँ उपलब्ध गराउँदै आएको मेयर वनले बताए ।
केनद्रका अध्यक्ष शर्माले अहिलेसम्मकै दान रकममा चेपाङ संरक्षण केन्द्रलाई आएको ठूलो धनराशी प्रदान गर्ने बेलायतवासी महेश अर्याल र उनका पितालाई आफूले सम्मान गर्ने कुनै शव्द नरहेको भन्दै आभार प्रकट गरे ।
उनले पछिल्लो समय यस्ता सहयोगबाट आफूले लिएर हिँडेको लक्ष्यलाई ठूलो टेवा पुगेको बताए ।








प्रतिक्रिया