मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका तीन वडामा कडा सुरक्षाबीच मत गणना हुँदै

चितवनका तीन वडामा कडा सुरक्षाबीच मत गणना हुँदै


चितवन । चितवनका तीन वडामा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मतदान सकिएलगत्तै भरतपुर महानगर १६, खैरहनी नगरपालिका ४ र ५ मा मत गणना सुरु भइसकेको निर्वाचन कार्यालय चितवनका अधिकृत विद्याराज पौडेलले जानकारी दिए । 
 
चितवनका तीन वडामा १३ हजार ३८४ मतदातामध्ये कुल १० हजार ९२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा ५ हजार ६०२ महिला र ४ हजार ४९० जना पुरुषले मतदान गरेका थिए । 
 
चितवनमा निर्वाचन प्रभावित हुनेगरी कुनै पनि गतिविधि नभएको चितवनका प्रजिअ जितेन्द्र बस्नेतले बताएका छन् । चितवनमा कुल ७५.९७ प्रतिशत मत खसेको जनाइएको छ । 

अहिले तीनवटै वडाको मत गणना भइरहेको छ । भरतपुर १६ को चितवन अदालत परिसरमा मत गणना भइरहेको छ भने खैरहनीमा पनि पुानो नगरपालिका भवनमा कडा सुरक्षाका बीच मत गणना भइरहेको बताइएको छ ।