नेपाल

चितवनका तीन वडामा कडा सुरक्षाबीच मत गणना हुँदै

चितवनका तीन वडामा कडा सुरक्षाबीच मत गणना हुँदै


चितवन । चितवनका तीन वडामा उपनिर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । मतदान सकिएलगत्तै भरतपुर महानगर १६, खैरहनी नगरपालिका ४ र ५ मा मत गणना सुरु भइसकेको निर्वाचन कार्यालय चितवनका अधिकृत विद्याराज पौडेलले जानकारी दिए । 
 
चितवनका तीन वडामा १३ हजार ३८४ मतदातामध्ये कुल १० हजार ९२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा ५ हजार ६०२ महिला र ४ हजार ४९० जना पुरुषले मतदान गरेका थिए । 
 
चितवनमा निर्वाचन प्रभावित हुनेगरी कुनै पनि गतिविधि नभएको चितवनका प्रजिअ जितेन्द्र बस्नेतले बताएका छन् । चितवनमा कुल ७५.९७ प्रतिशत मत खसेको जनाइएको छ । 

अहिले तीनवटै वडाको मत गणना भइरहेको छ । भरतपुर १६ को चितवन अदालत परिसरमा मत गणना भइरहेको छ भने खैरहनीमा पनि पुानो नगरपालिका भवनमा कडा सुरक्षाका बीच मत गणना भइरहेको बताइएको छ ।