मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

१५ करोड स्रोत नखुलेको सम्पत्ति फेला परेपछि सुब्बा तानिए अख्तियारमा

१५ करोड स्रोत नखुलेको सम्पत्ति फेला परेपछि सुब्बा तानिए अख्तियारमा


सिमरा । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । 
 
नागरिकको सेवा गरेबापत राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ । तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ । यस्तै भएको छ मालपोत कार्यालय सिमरामा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई । 
 
राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन् गुप्ता । 
 
मालपोत कार्यालयको निमित्त प्रमुखको समेत जिम्मेवारी सम्हालेका गुप्ताले २०४७ असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएको भन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
गुप्ताको वैध आय रु चार करोड ५४ लाख ७२ हजार २४६ रहेको छ । तर, आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति रु १४ करोड ८१ लाख ८९ हजार २३ रहेको पाइएको छ । आयोगको अनुसन्धानअनुसार गुप्ताको कूल सम्पत्ति रु १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।
 
आयोगले गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पु¥याउने निरजकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादव विरुद्धसमेत मुद्दा दायर गरेको छ । 
 
पदीय दुरुपयोग गरेर गुप्ताले पेट्रोल पम्प, पसललगायतमा लगानी गरेको पाइएको छ । 
 
यस्तै शान्ति सुरक्षा कायम गराउने र गलत काम गर्न रोक लगाउने नेपाल प्रहरीका कर्मचारीले नै घूस लिएको अभियोग लागेपछि आज विशेष अदालतमा मुद्दा दायर भएको छ । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गञ्जभवानीपुर, बारामा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारविरुद्ध आज मुद्दा दायर गरिएको छ । 
 
भारतबाट मालसामान ल्याउन सहज गरिदिने भन्दै उनले सोवाग्राहीबाट रु ६० हजार घुस लिएको अभियोग लागेको छ । 
 
आयोगले घुस लिएको रकम बराबरको बिगो दायर गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

शेयर गर्नुहोस:

0
Shares