मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निजी मेडिकल कलेजले मंगलबारसम्म अतिरिक्त रकम फिर्ता नगरे कारबाही

निजी मेडिकल कलेजले मंगलबारसम्म अतिरिक्त रकम फिर्ता नगरे कारबाही


काठमाडौँ । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले मंगलबारसम्म रकम फिर्ता नगरे कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । 
 
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायतको उपस्थितिमा भएको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क मंगलबारसम्म फिर्ता नगरे आवश्यक कारबाही गर्ने निर्णय गरेको हो ।
 
यसअघि गत असोज र कात्तिकमा गृह मन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्रीलगायतका पदाधिकारीसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारबाही अघि बढाउने निर्णय गरेको थियो । 
 
सरकारले दिएको १५ दिनको समयसीमा सकिँदासमेत मेडिकल कलेजहरुले गैरकानुनी ढंगले विद्यार्थीहरुबाट असुल गरेको रकम फिर्ता गरेका छैनन् । 
 
गत चैतमा मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेजविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गर्दै सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेहरुलाई कारबाही गर्ने जनाएको थियो । 
 
तर, राजनीतिक दलको शक्ति र प्रभावमा सरकारले निर्धारण गरेको शुल्कमा कलेज सञ्चालन गर्न नसकिने भन्दै कलेज बन्द गरी साँचो बुझाउनेसम्मको चेतावनी दिँदै आएका छन् ।
 
यता विभिन्न निजी मेडिकल कलेजमा विद्यार्थीले भने आन्दोलन चर्काउँदै आएका छन् । 

शेयर गर्नुहोस:

0
Shares