मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिंहनाथ गण शक्तिखोरमा स्काउटको विविध कार्यक्रम

सिंहनाथ गण शक्तिखोरमा स्काउटको विविध कार्यक्रम


भरतपुर । नेपाल स्काउट कालिका नगरपालिकाका स्थानीय आयुक्त चित्रबहादुर रायमाझीको आयोजनामा सिंहनाथ गण शक्तिखोर चितवनका स्काउटहरुलाई विपद् व्यवस्थापन, प्राथमिक उपचार र व्यक्तिगत सुरक्षा सुरक्षासम्बन्धी कार्यक्रम गरिएको छ ।
 
सो अवसरमा स्काउट विद्यार्थीहरुबीच माउन्टेरिङ, बाटर एक्टिभिटी, कुकिङलगायतका प्रतियोगिता सम्पन्न भएको नेपाल स्काउटका जिल्ला आयुक्त तीर्थराज न्यौपानेले जानकारी दिए । 
 
कार्यक्रममा १३ विद्यालयका ४९७ स्काउट, ३१ जना शिक्षक र रोभर/रेन्जर गरी ५३६ जनाको उपस्थिति रहेको थियो । 
 
सिंहनाथ गणका गणपति भाइकाजी थापाको सक्रियतामा आयोजित कार्यक्रमका संयोजक नेपाल स्काउट चितवनका सदस्य एवम् नेपाल स्काउट एण्ड गाइड फेलोसिपका केन्द्रीय सदस्य दिनेश पाण्डेले समन्वय गरेका थिए । 
 

शेयर गर्नुहोस:

27
Shares