मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले न्यायालय र सञ्चार क्षेत्रको अधिकार खोस्यो : देउवा

सरकारले न्यायालय र सञ्चार क्षेत्रको अधिकार खोस्यो : देउवा


पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन् ।  
 
नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसनको वार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक परिषद्लाई पनि कठपुतली बनाउन खोजेको बताए । उनले कास्कीमा लामो समय योगदान गरेका नेता खेमराज पौडेललाई जिताउन पनि सबैसँग आग्रह गरे । 
 
सो अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा नियन्त्रण गर्ने सोचका साथ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाउँदै यसलाई राष्ट्रपतिले जारी गर्न नहुने धारणा राखे । 
 
कांग्रेसका महामन्त्री शशांक कोइरालाले आसन्न उपनिर्वाचन जनमतसङ्ग्रहजस्तै भएको बताउँदै निर्वाचनमा जनताको मन जित्दै पार्टीका उम्मेदवार विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । 
 
केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध हुनु आवश्यक भएकामा जोड दिए । 
 
एशोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, महासचिव लक्ष्मी दाहाल, पूर्वअध्यक्ष शेरबहादुर केसी, फणीन्द्र कोइरालालगायतले स्वतन्त्र न्यापालिका र लोकतन्त्र एकापसमा अन्तरसम्बन्धित भएको बताउँदै लोकतन्त्रमा नै स्वतन्त्र न्यायालयको भूमिका प्रभावकारी बन्ने धारणा राखे । 
 
कार्यक्रममा समाचार सम्प्रेषणका माध्यमबाट कानून, न्याय र लोकतन्त्र संरक्षण एवं संर्वद्धनका क्षेत्रमा योगदान पु¥याएवापत ‘राष्ट्रिय समाचार समिति’का उपसम्पादक जीवन भण्डारी र ‘हाम्राकुरा डटकम’का प्रधान सम्पादक अजयबाबु शिवाकोटीलगायतलाई सम्मान गरिएको थियो ।

शेयर गर्नुहोस:

0
Shares