मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

उच्च अदालतद्वारा महराको कैफियत प्रतिवेदन माग

उच्च अदालतद्वारा महराको कैफियत प्रतिवेदन माग


काठमाडौँ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुका कारणबारे प्रतिवेदन माग गरेको छ । 
 
मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले आज निवर्तमान सभामुख महरालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउनुका कारणबारे कैफियत प्रतिवेदन माग गरेको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए ।
 
निवर्तमान सभामुख महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानुनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाउँ भन्ने आग्रहसहित निवेदन बिहीबार दर्ता गरेका थिए । 
 
प्रतिवेदनमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग महराको निवेदनमा उल्लेख गरिएको छ ।
 
गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । 
 
संसद् सचिवालयका एक महिला कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । 
 
अभियोगको थप अनुसन्धानका लागि उनलाई थुनामा पठाइएको हो ।

शेयर गर्नुहोस:

0
Shares