मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई बिहीबार बिहान पद तथा गोपनीयताको शपथ गराएकी छन् ।  
 
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट,  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई शपथ गराएकी हुन् । 
 
सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । शपथ लिनेमा उद्योग राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर थिए । 
 
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री,  पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारीलगायत उपस्थित थिए ।  
 
राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका थिए । 
 
विसं २०७४ फागुन ३ गते गठन भएको ओली नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि पनि विभिन्न समयमा  नियुक्ति, हेरफेर र  कार्यविभाजन भएको थियो । 

शेयर गर्नुहोस:

0
Shares