मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

धार्मिक संस्थाहरुद्वारा सीमा अतिक्रमणको विरोध

धार्मिक संस्थाहरुद्वारा सीमा अतिक्रमणको विरोध


काठमाडौँ । नेपालको सीमा अतिक्रमण गरिएको भन्दै धार्मिक संस्थाहरुले विरोध जनाएका छन् । 
 
हिन्दू जागरण नेपालको संयोजनमा आज पशुपतिस्थित शङ्कराचार्य मठमा भएको धार्मिक संस्थाका प्रतिनिधिको भेलापछि जारी गरिएको विज्ञप्तिमा धार्मिक र सामाजिक विषयमा एकै मान्यता भए पनि नेपालजस्तो स्वतन्त्र एवं सार्वभौमसत्ता सम्पन्न देशभित्र शुरु ६० वर्षअघि देखि सैनिक अड्डा जमाएर बस्नु भारतजस्तो  लोकतान्त्रिक राष्ट्रका लागि लाजमर्दो विषय भएको उल्लेख गरिएको छ ।
 
विसं २०७२ जेठमा कालापानी र लिपुलेकको प्रयोगका विषयमा भारतले चीनसित दुईपक्षीय व्यापार सम्झौता गरेर अपाच्य व्यवहार गरेको निष्कर्षमा धार्मिक क्षेत्रमा क्रियाशील संस्था पुगेको हिन्दू जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले राससलाई जानकारी दिए । 
 
छिमेकी मुलुक चीनले पनि केही स्थानमा सीमा मिचेको तथ्य सार्वजनिक भएकाले दुवै देशको सिमाना अतिक्रमण गर्ने नीति लज्जास्पद भएकामा उपस्थित संस्थाका प्रतिनिधिको एक मत रहेको उनले सुनाए ।
 
भारतमा २०० वर्षसम्म अङ्ग्रेजको शासन हुँदासमेत विस्तारवादी शक्ति नेपाल छिरेर यहाँको मौलिक संस्कृति एवं परम्परामा आक्रमण गर्न नसकेको तथ्यलाई ध्यान दिन पनि धार्मिक संस्थाले आह्वान गरेका छन् । 
 
विज्ञप्ति जारी गर्नेमा शङ्कराचार्य मठ, वेङ्कटेश मन्दिर, वैष्णव परिषद् नेपाल, श्री पशुपति एवं वाग्मती गङ्गा आरती सेवा समिति, जङ्गम प्रतिष्ठान, ॐ जनजागरण नेपाल, श्रीमद्भागवत धर्म कल्याण परिषद्, सनातन विद्वत् परिषद्, ज्येष्ठ नागरिक आश्रम, श्री विन्ध्यवासिनी मन्दिर संरक्षण समिति, पशुपति दर्शन समिति, योगी नरहरिनाथ ट्रष्ट, हनुमान आराधना मण्डल, सनातन संस्कृति समाज, शिवसेना नेपाललगायत छन् ।

शेयर गर्नुहोस:

0
Shares