मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : पूर्वगृहमन्त्री शर्मा

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : पूर्वगृहमन्त्री शर्मा


भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताएका छन् । 
 
आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको लागि नेकपाका उम्मेदवार डिपी ढकालको चुनावी कार्यक्रममा आयोजित घरदैलो कार्यक्रममा उनले भने, “हाम्रो कालापानी, लिपुलेक, लुम्पियाधुरा फर्काउने अभियान सरकारले सुरु गरिसकेको छ, सरकारले नेपालको एक इन्च भूमि पनि छोड्दैन ।”
 
उज्यालो, समृद्ध र सुन्दर नेपाल बनाउन नेकपाको विकल्प नभएको बताउँदै उनले यहाँको विकासको चाहने आमनागरिकले डिपी ढकाललाई मतदान गर्नुपर्ने बताए । 
 
आफ्नो पार्टीको कमजोरी र गल्तीविरुद्ध आवाज उठाउने पार्टी नेकपामात्रै भएको बताउँदै शर्माले भने, “नगरकोट सडक निर्माण अलपत्र परेको बारेमा नेकपाले विरोध ग¥यो, त्यसैले अबको तीन महिनाभित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गर्नेगरी ठेकेदारसँग लिखित सम्झौता भइसकेको छ, त्यसैले यो सडक निर्माणको बाँकी काम गर्न सुरु भइसकेको छ ।”
 

शेयर गर्नुहोस:

0
Shares