मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

मिडिया काउन्सिल विधेयकको संशोधनमा छलफल

मिडिया काउन्सिल विधेयकको संशोधनमा छलफल


काठमाडौँ । राष्ट्रियसभाको विधायन समितिद्वारा गठित उपसमिति र नेपाल पत्रकार महासंघबीच संशोधनका लागि प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५’ का दफामा आज छलफल भएको छ । 
 
छलफलमा सांसद ठगेन्द्रप्रकाश पुरीले महासंघको सुझावलाई गम्भीरताका साथ लिने र संशोधन बुँदा पारित नहुञ्जेलसम्म सरोकारवालाको सुझाव संकलन गर्ने बताएको महासंघले जनाएको छ । 
 
यसैगरी सांसद हरिचरण शिवाकोटीले कुनै पनि विधेयक पारित गर्नुअघि सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै ल्याउनुपर्ने भन्दै संशोधनमा रहेको विधेयक सम्पूर्ण प्रेसजगतको हितमा हुनेगरी उपसमिति प्रयासरत रहेको बताए । 
 
सांसद वृषेशचन्द लालले विधेयक ल्याउँदा सम्बन्धित मन्त्रीसँग छलफल गर्दागर्दै ल्याइएको बताउँदै हाल संशोधनमा रहेका बुँदाहरुलाई पत्रकारको हितमा हुने गरी सुझाव लिएर पूर्णता दिइने बताए । 
 
कार्यक्रम महासंघका तर्फबाट नेपाल मिडिया काउन्सिल विधेयक संशोधनका लागि ११ बुँदे सुझाव प्रस्तुत गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले काउन्सिललाई बौद्धिक वर्गको प्रतितिधित्व हुनेगरी निर्माण गरिनुपर्ने सुझाव दिए । 
 
उनले काउन्सिललाई शब्दमा भन्दा पनि सम्पूर्ण पत्रकार तथा सञ्चारजगतको हितमा हुनुपर्ने धारणा राखेको महासंघले जनाएको छ । 
 
केन्द्रीय सदस्य जन्मदेव जैसीले काउन्सिललाई कानूनी रुपमा शक्तिशाली निकायका रुपमा स्थापित गर्नुपर्ने धारणा राखे । महासंघका निवर्तमान उपाध्यक्ष अनिता विन्दुले काउन्सिललाई हरेक वर्ग र क्षेत्रको अपनत्व हुनेगरी समावेशी गर्नुपर्ने सुझाव दिए । 

शेयर गर्नुहोस:

0
Shares