मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल भारतबीच सीमा सुरक्षा बैठक पोखरामा हुँदै

नेपाल भारतबीच सीमा सुरक्षा बैठक पोखरामा हुँदै


पोखरा । नेपाल र भारतबीच सीमा सुरक्षा बैठक बुधबारदेखि पोखरामा सुरु हुने भएको छ ।
 
तीन दिनसम्म चल्ने बैठकमा नेपालका तर्फबाट गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा भारतका तर्फबाट भारतीय सीमा सुरक्षा बलका पदाधिकारीको सहभागिता रहनेछ ।
 
नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डाइरेक्टर जनरल राजेशचन्द्रले टोलीको नेतृत्व गर्नेछन् । 
 
बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ पदाधिकारीको सहभागिता रहने सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी गराए ।
 
बैठकमा सीमा अपराध, सीमामा संयुक्त सुरक्षा गस्ती र अवैध ओसारपसार लगायतका विषयमा छलफल हुने सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुँवरले जानकारी गराए । यो नियमित वार्षिक बैठक रहेको उनले बताए ।
 
सीमा सुरक्षा बैठकमा भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूभाग मिचिएको विषयमा चाहिँ छलफल नहुने बताइएको छ । 

शेयर गर्नुहोस:

0
Shares