मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

अमेरिकी कथावस्तुको ‘मिस्टर नेपाल’ को अाइतबार ड्यालसमा प्रिमियर शो हुँदै

अमेरिकी कथावस्तुको ‘मिस्टर नेपाल’ को अाइतबार ड्यालसमा प्रिमियर शो हुँदै


अमेरिका-  अमेरिकामा रहेका नेपालीहरूको लगानीमा निर्माण भएको चलचित्र 'मिस्टर नेपाली' को यही सप्ताहन्त ड्यालसमा प्रिमियर शो हुने भएको छ । 
 
प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’ अाउँदो अाइतबार ड्यालस र हुस्टनमा प्रिमियर शो हुनेछ । नेपालमा भने कात्तिकको २९ गतेबाट मात्र रिलिज हुँदैछ । यो चलचित्रले विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।
 
यो चलचित्रको नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको निर्माता मध्यका एक विजय भुसालले जानकारी दिनुभयो । ड्रयालसको अर्भिङ मकार्थरमा रहेको हलिउड थिएटरमा अाइतबार दिउँसो ३ बजे प्रिमियर प्रदर्शनी हुन लागेको हो । सोही दिन दिउँसो टेक्ससकै अर्को शहर हुस्टनमा पनि यो चलचित्रको प्रिमियर शो हुनेछ । 
 
अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुनेछ ।
 
चलचित्रको नायकमा भूवन केसी, सरोज खनाल नायिकामा रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । अमेरिकाकै परिवेशमा अाधारित रहेर चलचित्र निर्माण भएको भुसालले जानकारी दिनुभयो । अमेरिकामा अाएर पनि नेपाली भाषा, संस्कृतिको जगेर्नाका लागि गरेको संघर्ष चलचित्रको मुख्य कथावस्तु रहेको बताइएको छ ।