मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा रुप ज्योति पक्राउ, सरकारी निकायको व्यवहारबाट निजी क्षेत्र सशंकित

डा रुप ज्योति पक्राउ, सरकारी निकायको व्यवहारबाट निजी क्षेत्र सशंकित


काठमाडौँ । नेपालको मुख्य व्यापारिक घरानामध्येमा पर्ने ज्योति समूहका सदस्य डा रुप ज्योतिलाई ठगी मुद्दामा प्रहरीले पक्राउ गरेको छ । 
 
सिंगापुरबाट काठमाडौँ आउने क्रममा त्रिभुवन विमानस्थलबाट बाहिर निस्कँदै गर्दा व्यवसायी ज्योति पक्राउ परेका हुन् । उनलाई करिब दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।
 
डा रुप ज्योति पूर्व अर्थराज्यमन्त्री पनि हुन् । विश्व प्रसिद्ध हवार्ड विश्वविद्यालयवाट पीएचडी गरेका डा ज्योति बौद्धिक व्यवसायीका रुपमा परिचित थिए । व्यावसायिक घरानाबाट आए पनि पञ्चालयतकालदेखि नै उनले राजनीतिमा चासो राख्दै आएका थिए । पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा डा ज्योति अर्थराज्यमन्त्री भएका थिए ।
 
नेपालमा चर्चित ध्यान केन्द्र विपश्यनाको स्थापना पनि डा ज्योतिले नै गरेका हुन् । यो अहिले बिस्तारको क्रममा छ ।
 
भद्र र चर्चित व्यापारिक घरनाका डा ज्योतिलाई विमानस्थलमा गरिएको पक्राउप्रति भने निजी क्षेत्रका कैयौँ उद्यमी व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् ।
 
निजी क्षेत्रका उद्यमी र व्यवसायीबीच चिसो सम्बन्ध भइरहेका बेला डा ज्योतिको पक्राउले निजी क्षेत्र झनै संशंकित बनेको छ ।
 
विशेष गरी अर्थमन्त्री डा युवराज खतिवडाप्रति उद्यमी व्यवासायीको चरम असन्तुष्टि छ । अदालतको आदेशअनुसार  डा ज्योतिलाई पक्राउ गरिएको बताइए पनि प्रहरीले भने के कारणले उनलाई नियन्त्रणमा लिइएको हो सार्वजनिक गरेको छैन ।
 
केही समय यता उद्यमी व्यवसायीमाथि प्रहरी प्रशासनले धरपकड वढाएको छ । सामान्य गल्तीमा समेत निजी क्षेत्रलाई दुःख दिने गरिएको छ ।
 
केही समयअघि सुन तस्करीमा आरोपित एक व्यवसायीको सेकुवा व्यवसायमा नै सिलबन्दी गरिएको थियो ।