मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शहरी क्षेत्र बेबस्था विषय अध्ययन गर्ने गगन थापा सिंगापुरमा

शहरी क्षेत्र बेबस्था विषय अध्ययन गर्ने गगन थापा सिंगापुरमा


काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् ।
 
काठमाडौँ – उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् । 
 
सिंगापुरको नानयाङ टेक्नोलोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए । 
 
वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् । केही महिना पहिले थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरेका थिए ।