मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भ्रमण वर्ष प्रर्वद्धन गर्न विशेष कार्यक्रम

भ्रमण वर्ष प्रर्वद्धन गर्न विशेष कार्यक्रम


काठमाडौँ । नेपाल भ्रमण वर्ष प्रर्वद्धन गर्ने उद्देश्यले बाह्रखरी मिडिया प्रालिले गरेको सगरमाथा क्षेत्रमा आयोजित गल्फ प्रतियोगितामा सहभागिताका लागि काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरियो । 
 
उक्त कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्री भट्टराईले पर्यटन वर्षमा २० लाख पर्यटक भित्र्याउन नेपाल सरकार लागिपरेको बताए ।
 
त्यसलाई सहयोग पु¥याउन विश्वकै सबैभन्दा उचाइमा गल्फ प्रतियोगिता गरेर सरकारको उद्देश्यमा सहयोग पुगेको बताए । 
 
कार्यक्रममा बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले सबैलाई धन्यवाद दिए । कार्यक्रममा सांसद् एवम् बहुराष्ट्रिय उद्यमी विनोद चौधरीलगायत उद्यमी, व्यवसायी, गल्फ खेलाडी, स्वदेशी तथा विदेशी पत्रकार सहभागी थिए ।