मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मानव अधिकारवादीलाई अज्ञात प्रहरीले प्रश्न सोधेको विषयमा ध्यानाकर्षण

मानव अधिकारवादीलाई अज्ञात प्रहरीले प्रश्न सोधेको विषयमा ध्यानाकर्षण


काठमाडौँ । राष्ट्रियसभाका सांसदले मानवाधिकारवादीहरूलाई प्रहरीले टेलिफोनमार्फत गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 
 
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद् राधेश्याम अधिकारीले मानवाधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुङ्गाना, कृष्ण पहाडी र चरण प्रसार्इंलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर आम जनमानसमा भय–त्रास सिर्जना गर्न खोजेको त होइन भनी प्रश्न गरे । 
 
सांसद् अधिकारीले मानव अधिकारीवादीलाई प्रहरी प्रधान कार्यालयबाट अज्ञात प्रहरीले टेलिफोन गरी कुन संस्थामा आबद्ध हुनुहुन्छ भनी सोधेको विषयसम्बन्धी समाचारप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । 
 
बैठकमा सांसद् डा विमला पौडेलले नेपाली टेलिभिजनहरूका समाचारमा पढ्न र सुन्न नसक्ने व्यक्तिको सुसूचित हुने अधिकारका लागि आवश्यक मात्रामा दोभाषेको व्यवस्था नभएको गुनासो गरिन् । उनले सबै टेलिभिजनलाई कम्तीमा दिनमा एक पटकको समाचारमा दोभाषेको व्यवस्था गर्ने नीतिको पालना गराउन माग गरिन् । 
 
सांसद् सुमनराज प्याकुरेलले हालैको बाढी र डुबानबाट पीडित जनताको जमिनमा बर्खे खेती नहुने अवस्था रहेकाले हिउँदे खेतीको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।