मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारत-पाकिस्तानबीच मध्यस्थता गर्न तयार छु : राष्ट्रपति ट्रम्प

भारत-पाकिस्तानबीच मध्यस्थता गर्न तयार छु : राष्ट्रपति ट्रम्प


नयाँ दिल्ली । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार रहेको बताएका छन् । 
 
भारत र अमेरिकाका विदेश मन्त्रीहरुको बैंककमा हुन गइरहेको भेटघाटको पूर्वसन्ध्यामा ट्रम्पले भारत–पाकिस्तानबीच कास्मिर समस्या समाधानका लागि मध्यस्थता गर्ने कुरा दोहोर्‍याएका हुन् । 
 
उनले भारत–पाकिस्तानले चाहे मध्यस्थकर्ता बन्न तयार रहेको दाहोर्‍याउँदै मध्यस्थताको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा निर्भर रहने बताए । “यो सबै कुरा प्रधानमन्त्री नरेन्द्र मोदीमा निर्भर छ । मलाई लाग्छ कि इमरान खान र नरेन्द्र मोदी दुवै असल व्यक्ति हुनुहुन्छ । उहाँहरुले कसैको मध्यस्थता चाहनुहुन्छ भने म सघाउन तयार छु ।”
 
यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणका दौरान राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीच कास्मिर मुद्दामा मध्यस्थताको प्रसंग उठाएका थिए । जसको भारतमा निकै व्यापक विरोध भएको थियो । 
 
भारतीय संसदमा विपक्षीले ट्रम्पको अभिव्यक्तिका बारेमा प्रधानमन्त्री मोदीले जवाफ दिनुपर्ने मागसमेत गरेका थिए । एजेन्सी / तस्बिर : एबीपी न्यूज