मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरोमा परी आमाछोरीको मृत्यु, पाँच घाइते

पहिरोमा परी आमाछोरीको मृत्यु, पाँच घाइते


बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र छ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
 
राति करीब १ बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ । पहिरोमा परी थप पाँच घाइते भएका छन् । घाइते हुनेमा ९० वर्षीय जङ्गे चदारा, जडेनी चदारा, सुके चदारालगायत छन् । जङ्गे चदाराको गौमुल गाउँपालिकाको घटमुना शहरी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रनाउ भाटको भनाइ छ । 
 
वर्षा नरोकिएका कारण गाउँमा थप त्रास फैलिएको वडा सदस्य प्रेम विकले जानकरी दिए । थप उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली र घटमुना प्रहरी चौकीबाट प्रहरीको टोली त्यसतर्फ गइसकेको बताइएको छ ।
 
जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् ।