मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भ्रष्टाचारका कारण विकासले गति लिएन : नेता भण्डारी

भ्रष्टाचारका कारण विकासले गति लिएन : नेता भण्डारी


रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण मुलुकको विकासले गति लिन नसकेको बताएका छन् । 
 
रिपोर्टर्स क्लब नेपालले बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले भ्रष्टाचार नियन्त्रण भए मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरे । “कांग्रेसका धेरै नेता भ्रष्टाचारमा जेल सजाय भोगेका छन् । नेकपाका नेताले भ्रष्टाचार गरे पनि स्वीकार गर्दैनन्”, उनले भने ।
 
नेता भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पोखरामा हुने उपनिर्वाचनमा विजयी भएमात्रै सभापतिको कार्यकाल लम्ब्याउन र पराजित भए छाड्न सुझाव दिए ।